दैलेख : सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थानको समावेशी टोलमा कोइलाबालेर सुतेर निसास्सिएर मृत्यु भएका र रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भएका परिवारलाई राहत उपलब्ध गराइने भएको छ । जिल्लाको महावु गाउँपालिकाले महावु गाउँपालिका–१ खरिगैराका मृतकका परिवारलाई महावु गाउँपालिकाले जनही २१ हजारका दरले राहतउपलब्ध गराउने भएको हो ।
महावु गाउँपालिका–२ का वडाध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता प्रकाश थापाले महावु गाउँपालिका–१ घर भई सुर्खेतमा बसोबास गर्दै आएका मृतकका परिवारलाई जनही २१ हजारका दरले राहत स्वरूप प्रदान गर्ने शुक्रबार बसेको छैटौँ गाउँकार्यपालिकाको बैठकले निर्णय गरेको जानकारी दिए ।
उनले महावु गाउँपालिका–५ काशिकाँध घर भई रोजगारीको सिलसिलामा मलेसिया पुगेर सडक दुर्घटना भई मृत्यु भएका कमलबहादुर शाहीको परिवारलाई समेत काठमाडौँबाट शव दैलेख ल्याउने खर्च र क्रियाखर्च समेत प्रदानगर्ने निर्णय भएको जानकारी दिए । उनले भने, ‘मलेसियाबाट नेपाल सरकारको सहयोगमा शवल्याउने तयारी गरेको र त्यहाँबाट दैलेख ल्याउने खर्च पालिकाले बेहोर्ने छ ।’
आगोको कोइलाबालेर निसास्सिएर मृत्यु हुनेमामहावु गाउँपालिका–१ खरिगैराका ३० वर्षीय देवीसरा थापा घर्ती, ६ वर्षीय छोरा रियान घर्ती र नौ वर्षीय रिया घर्ती रहेका छन् । आमा देवीसरा घर्ती र छोरा रियान घर्तीको अस्पतालमा पु¥याउँदै गर्दा मृत्यु भएको थियो भने नौ बर्षीया छोरी रिया घर्तीको उपचारको क्रममाप्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको थियो ।






